Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

बाह्रबिसे बजारमा आगलागी, ५ घर नष्ट

बाह्रबिसे बजारमा आगलागी, ५ घर नष्ट

  • काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बाह्रबिसे बजारमा आगलागी हुँदा ५ वटा घर नष्ट भएका छन् ।

    images
    images
    images

    आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एक-एकवटा र सुरेश तामाङ्गको २ वटा घर जलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

    रामबहादुर राईको घरबाट आगलागी शुरू भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij