
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज बिहीबार दिउँसो हुँदैछ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा जाँदैछन् ।
दीक्षान्त समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्रयाजुएट चिकित्सा डाक्टर–शल्यचिकित्सा स्नातकोत्तर, एमडी–एमएस का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुँदैछन् । आजै प्रतिष्ठानको सिनेटसमेत हुने शाखा अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिए । आज प्रतिष्ठानको भवन उद्घाटन, सिनेट बैठकपछि दीक्षान्त हुने अर्यालले बताए ।
प्रतिष्ठान परिसरमा बनेको आकस्मिक भवन प्रधानमन्त्रीले उद्घाटन गर्नु हुनेछ। त्यही भवनका माथिल्ला तलमा एमबिबिएसको अध्यापन गर्ने तयारी रहेको प्रतिष्ठानका निर्देशक प्रा. डा .भरतबहादुर खत्रीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij