Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार !

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार !

  • काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि राति चक्कु आक्रमण भएको छ ।

    प्रहरीका अनुसार गए राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए । त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। उक्त व्यक्तिले चक्कुले प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका र उनको उपचार भइरहेको छ । 

    प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको बीबीसी समाचारमा उल्लेख छ ।  प्रहरीले एक व्यक्ति खानको घरमा प्रवेश गरेको र त्यसक्रममा खानका सहयोगीसँग उनको भनाभन भएको जनाएको छ । त्यसैक्रममा खान वचाउका लागि पुगेपछि उनीमाथि आक्रमण भएको थियो ।

    उक्त व्यक्ति त्यसलगत्तै फरार भएको थियो । अहिले प्रहरीले उक्त व्यक्तिको खोजी गरिरहेको जनाएको छ । अस्पतालले खानलाई ६ ठाउँमा चोट लागेको जनाएको छ । साथै एउटा घाउको भने अप्रेसन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij