
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।
आज चाँदी तोलामा १ हजार ८२० रुपैयाँले कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य स्थिर थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij