Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आज पनि भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा असोक राई नेतृत्वको जसपाका नेता राजेन्द्र श्रेष्ठ पनि सामेल छन् ।

    images
    images
    images

    भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे आगामी दिनमा समान धारणा बनाउनमा वार्ता केन्द्रित रहेको जनाइएको छ । हिजो पनि माओवादी र नेकपा एसका शीर्ष नेताहरुबीच भेटवार्ता भएको थियो ।

    माओवादी र नेकपा एससहित विपक्षी दलहरुले संसदको अधिवेशन बोलाउन सरकारमाथि दबाब बढाउने, समाजवादी मोर्चालाई निरन्तरता दिने लगायतको विषयमा पछिल्लो समय समान धारणा बनाउने प्रयास गरिरहेका छन् ।

    प्रचण्डले आफू प्रधानमन्त्री हुँदा बनाएको समाजवादी मोर्चालाई पनि अहिले सक्रिय बनाएर पार्टी एकताको तहसम्म लैजाने प्रयास गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij