Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

शेयर बजारमा ४९ अंकको वृद्धि

शेयर बजारमा ४९ अंकको वृद्धि

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ४९.१२ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ६८ विन्दुमा बन्द भएको हो ।

    images
    images
    images

    नेप्सेका अनुसार आज ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा २२६ कम्पनीको शेयर मूल्य बढ्दा १२ को घटेको छ भने ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आजको कारोबारमा दुई कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

    आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ हजार ७३२ रुपैयाँ पुगेको छ भने आज सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.७० प्रतिशतले बढेको छ ।

    उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घटेको छ । आज एनआरएन इन्फाइन्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

    यस कम्पनीको आज २९ करोड ९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij