Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

तरुणदल लमजुङका अध्यक्ष गुरुङ फरार

तरुणदल लमजुङका अध्यक्ष गुरुङ फरार

  • काठमाडौँ : कांग्रेसको भातृसंगठन नेपाल तरुणदल लमजुङका अध्यक्ष ललित कुमार गुरुङ फरार छन् ।

    images
    images
    images

    उनीबिरुद्ध बैंकिङ कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्धको अनुसन्धान पुरा गरेर अदालतमा मुद्दा दायर गरेको छ । २०८१ जेठबाट उनी फरार रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले रातोपाटीलाई बताए ।

    उनले भने, पक्राउ पुर्जी आएपछि हामीले जिप्रका कास्की र लमजुङलाई पत्राचार गरेका थियौँ, उहाँ प्रहरीको फरार सूचिमा हुनुहुन्छ । काठमाडौँस्थित सूचना प्रविधिसम्बन्धी  कम्पनी जेनेस सोलुशनले उनीविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिएको थियो ।

    सो कम्पनीलाई आफ्नो जग्गा ‘बिक्री गर्छु’ भनेर उनले दुई करोड रुपैयाँ बैना लिएर अर्कैलाई जग्गा बेचेर ठगी गरेको आरोप छ ।जेनेस सलुशनले पोखरा महानगरपालिका–१२ मा रहेको १३ आना जग्गा खरिद गर्न गुरुङलाई बैना दिएको हो । तर, जग्गा अर्कैलाई बेचेपछि उनले कम्पनीलाई एक करोड ६५ लाखको चेक दिएका थिए ।

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको चेक जावलाखेल शाखाबाट बाउन्स भएको थियो । त्यसपछि कम्पनीका सञ्चालकले गुरुङविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिएका हुन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij