Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ

गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ

  • काठमाडौं : रौतहटको राजदेवी नगरपालिका–१ का गजेन्द्र दासको हत्या आरोपी दुई वर्षपछि पक्राउ परेका छन् ।

    images
    images
    images

    दासको हत्या आरोपमा रामनरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । रौतहटको राजदेवी–१ का २० वर्षीय यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बुधबार पक्राउ गरेको हो ।

    दासको २४ फागुन २०७९ मा हत्या भएको थियो । यादवले २५ वर्षीय दासलाई कुटपिट गरी हत्या गरेको आरोप छ ।अनुसन्धानमा सहयोग गरेमा सजायमा छुट हुने व्यवस्था अनुसार उनको परिवारलाई कानूनी परामर्श गरिएको थियो ।

    त्यसपछि यादव प्रहरी कार्यालयमा आफैं उपस्थित भएको रौतहटका इन्सपेक्टर रामकुमार महतोले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij