
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं : पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज शुक्रबार देखि प्रतिवादीहरूतर्फको बहस सुरु हुँदैछ।
जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसहितका प्रतिवादीतर्फको बहस हुन लागेको हो । अब आजदेखि प्रतिवादीका तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नेछन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बिहीबार जाहेरवालाका तर्फबाट बहस सकिएको थियो ।
जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बहस भइरहेको हो । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलगायत प्रतिवादी रहेको मुद्दामा बिहीबार जाहेरवालाका तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट बहस सकिएपछि पुनः सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।
सरकारी वकिलको तर्फबाट बुधबार बहस सकिएको थियो । बहसका क्रममा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ इजलासमै उपस्थित थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij