Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

बंगलादेशमा चिन्मय कृष्ण दासलाई अर्को झट्का

बंगलादेशमा चिन्मय कृष्ण दासलाई अर्को झट्का

  • ढाका : हिन्दु पुजारी तथा इस्कानका पूर्व नेता चिन्मय कृष्ण दासलाई अर्को झट्का लागेको छ । बंगलादेशको एक अदालतले बिहीबार उनलाई जमानत दिन अस्वीकार गरेको हो ।

    दासलाई देशद्रोहीको मुद्दामा नोभेम्बर २५ मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनी यसअघि इन्टरनेशनल सोसाइटी फर कृष्णा चेतना इस्कोनसँग आबद्ध थिए । राजद्रोहको मुद्दामा चट्टोग्रामको छैटौँ महानगरीय मजिस्ट्रेट काजी शरीफुल इस्लामले जमानत खारेज गरेपछि नोभेम्बर २६ मा दासलाई लाई जेल पठाइएको थियो ।

    दास बंगलादेश सम्मिलित सनातन जागरण जोत संगठनका प्रवक्ता पनि थिए । सरकारले जमानतमा रिहा गर्न विरोध गरेको चट्टोग्राम जिल्ला बार एसोसिएसनका अध्यक्ष नाजिम उद्दिन चौधरीले भनेका छन् । दासविरुद्ध देशद्रोहीको मुद्दा चलिरहेको र यस्तो अवस्थामा जन्मकैदको सजाय हुने पनि उनले बताए ।

    दुवै पक्षको ३० मिनेटको बहस सुनेर चट्टोग्राम महानगरीय सत्र न्यायाधीश सैफुल इस्लामले जमानतको निवेदन खारेज गरेका थिए । चिन्मय दासका वकिल अपूर्वकुमार भट्टाचार्यले भने जमानतका लागि उच्च अदालतमा अपिल गर्ने बताएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij