Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेप्सेमा झिनो अंकको वृद्धि

नेप्सेमा झिनो अंकको वृद्धि

  • काठमाडौं :बिहीबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा झिनो अंकको वृद्धि देखिएको छ । आज नेप्से ४।६३ अंकले बढेर ३५८६.२३ विन्दुमा पुगेको हो । नेप्से ०.१७ प्रतिशतले बढ्दा कारोबार डेढ अर्ब वृद्धि भएको छ ।

    images
    images
    images

    बुधबार साढे ३ अर्बको कारोबार हुँदा आज भने बढेर ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार ७०५ कित्ता शेयर कारोबार भएको छ । १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    ३१५ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४४७ पटक शेयर किनबेच भएको छ । ७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । नेप्से बढ्दा १३ वटा समूहमध्ये ८ वटा समूह बढेको छ भने ५ वटा समूह घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह २.४० प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.३० प्रतिशतले बढेको छ । आज बसैभन्दा बढी ट्रेडिङ समूह २.०३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.१५ प्रतिशतले बढेको छ ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij