
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं : पहिलो नेपाली महिला राजदुत बिन्दाश्वरी शाहको निधन भएको छ । आज बिहान घरमै शाहको निधन भएको पारिवारिक स्रोतले जनाएको हो।
९२ वर्षकी उमेरमा निधन भएको उनको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । शाह पहिलो नेपाली महिला राजदूत हुन् । २०४४ सालमा परराष्ट्र सेवाबाट शाह नेपालकै पहिलो महिला राजदूत ९भारतका लागि० भएकी थिइन्। बिन्दाश्वरी बैंकर अनिलकेशरी शाहकी आमा हुन् ।
१९३३ मा भारतको खर्साङमा जन्मेकी शाहलाई सन् १९८८मा राजा वीरेन्द्रले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । उनी राजदूत बन्ने पहिलो नेपाली महिलाको कीर्तिमानसमेत राख्न सफल भइन् । भारतमा राजदूतपछि सेवानिवृत्त हुनुअघि केही समय परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवको जिम्मेवारीमा समेत रहेकी थिईन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij