Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपाल कोरोना अपडेट : थप २३२ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

नेपाल कोरोना अपडेट : थप २३२ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९९४ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३८६ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ।

    अहिलेसम्म नेपालमा २० लाख ३८ हजार ८४२ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १४७ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij