Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निःशुल्क उपलब्ध गराउनुपर्छ रगत : महामन्त्री थापा 

निःशुल्क उपलब्ध गराउनुपर्छ रगत : महामन्त्री थापा 

  • चितवन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले आज यहाँ आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा उहाँले रगत दिनेले पनि निःशुल्क दिने भएकाले पाउनेले पनि निःशुल्क पाउनुपर्ने धारणा राख्नुभयो।

    onlinepatrika
    Arghakhachi

    महामन्त्री थापाले भन्नुभयो,रगत निःशुल्क हुनुपर्छ । अहिले बिरामीले रगतको पैसा तिरिरहनुभएको छ, त्यसलाई राज्यले छुट गर्नुपर्छ ।पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनुभएका थापाले यस विषयमा स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दानमध्येको ठुलो दान रक्तदान भएकाले कल्याणको भावनाले उत्प्रेरित भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

    AGNI GROUP

    सामाजिक काममध्येको महत्त्वपूर्ण र परोपकारी काम रक्तदान भएको भन्दै महामन्त्री थापाले गत दिने र लिनेबिच कुनै सम्बन्ध नहुँदा पनि सहयोग स्वरूप सम्बन्ध स्थापित हुने बताउनुभयो । उहाँले थप्नुभयो, “रक्तदान गर्नेलाई कसले प्रयोग गर्छ थाहा नहुने र लिनेले कसको रगत लियो त्यो पनि थाहा नहुने हुँदा रक्तदान पूण्यको काम हो ।उपशाखा सभापति कृपा राजभण्डारीले रक्तदानको महत्त्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

    सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशका प्रदेशसभा सदस्य उत्तम जोशी, भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेललगायत व्यक्तको उपस्थिति थियो । जिल्लामा उपचारका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यले विभिन्न सङ्घ संस्थाले यहाँ रक्तदानका कार्यक्रम गर्दै आएका छन् । रासस 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट