Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

प्रधानमन्त्री ओलीले दिए भारतका पुर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई श्रद्धाञ्जली 

प्रधानमन्त्री ओलीले दिए भारतका पुर्वप्रधानमन्त्री डा. मनमोहन सिंहलाई श्रद्धाञ्जली 

  • काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पुर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरु सम्झिरहेको उल्लेख गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।उनले भनेका छन् , मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरु सम्झिरहेको छु । दिवंगत मनमोहन सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

    सिंहको गएराती दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो । सिंह भारतको दुई कार्यकाल २२ मे २००४ देखि २६ मे २०१४ सम्म भारतको प्रधानमन्त्री रहेका थिए । सन् १९९१–९६ सम्म भारतको अर्थमन्त्री रहेका सिंहलाई भारतको आर्थिक उदारीकरणका नायक मानिन्छ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij