
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्न सिफारिस गरेको छ । प्रक्रिया पूरा नगरी नक्सा पास गरेको भन्दै गुरागाईंलाई महानगरपालिकाले कारबाहीका लागि सिफारिस गरेको हो ।
सहसचिव गुरागाईंले प्रक्रिया पूरा नगरी पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको नक्सा पास गरेको महानगरले जनाएको छ । काठमाडौं महानगरका मेयर बालेन साहले प्रक्रिया पूरा नगरी नक्सा पास गर्ने कार्यकारी अधिकृतविरुद्ध एक्सन लिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij