Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कांग्रेसले पीएल सिंहको शोकमा तीन दिन झण्डा आधा झुकाउने

कांग्रेसले पीएल सिंहको शोकमा तीन दिन झण्डा आधा झुकाउने

  • काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।

    images
    images
    images

    आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सो निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    जसअनुसार पुस १, २ र ३ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, पुस २ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गरिनेछ ।

    पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।

    सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij