
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंकिङ र मुद्रा व्यवस्थापन विभागले आजदेखि थापाथलीस्थित कार्यालयबाट सेवा सुरु गरेको छ । नयाँ भवन निर्माण सम्पन्न भएपछि पहिलो चरणमा बैंकिङ र मुद्रा व्यवस्थापन विभागको सेवा थापाथलीबाट सुरु गरिएको हो ।
२०७२ सालको भूकम्पले थापाथलीस्थित कार्यालय भत्किएपछि राष्ट्र बैंकको सबै विभागका सेवा बालुवाटारस्थित कार्यालयमा सरेको थियो ।
आज (पुस १)देखि बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली स्थानान्तरण गरिने सूचना गत साता नै जारी गरिएको थियो ।
हाल राष्ट्र बैंकले विभिन्न १८ वटा विभागमार्फत सेवा दिँदै आएको छ । जसमध्ये अहिले बैंकिङ र मुद्रा व्यवस्थापन विभाग थापाथली सारिएको हो । यी विभागबाट बैंकिङ सम्बन्धी सबै गतिविधि बैंकिङ विभागबाट र मुद्रा सटही, तरलता व्यवस्थापनलगायत काम मुद्रा व्यवस्थापन विभागबाट हुँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij