Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सुदूरपश्चिम र जनकपुरले क्वालिफायरमा

सुदूरपश्चिम र जनकपुरले क्वालिफायरमा

  • काठमाडौं । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएको छ ।

    images
    images
    images

    लिगको अन्तिम खेलमा सोमबार सुदूरले कर्णाली याक्सलाई हराएपछि प्लेअफको समिकरण तय भएको हो ।

    यस्तै चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

    समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो । सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो ।

    चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ । लिगको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो ।

    जवाफमा सुदूरपश्चिमले १५.२ ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाउदा इशान पाण्डेले अविजित रहँदै ३८ रन नै बनाए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij