
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सविरुद्ध काठमान्डु गुर्खाजले चौथो विकेट गुमाएको छ ।
विराटनगरका क्रिस सोललले भीम सार्कीलाई १ रनमा आउट गरेका हुन् । यस्तै, विराटनगरका सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका हुन् ।
सन्दिपले २.१ ओभरमा माइकल लेभिटलाई १० रनमा आउट गरे । साही ओभरको अन्तिम बलमा भने सन्दीपले गेर्हार्ड इरास्मलाई १२ रनमा आउट गरे ।
यसअघि, १.२ ओभरमा काठमान्डुका स्टीफन एस्किनाजी १ रनमा आउट भएका हुन् । विराटनगरका बसिर अहमदले आउट गरेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ११८ रनको लक्ष्य काठमान्डुले पछ्याइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij