Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सात अर्ब ५८ करोड बराबरको शेयर सूचीकृत

सात अर्ब ५८ करोड बराबरको शेयर सूचीकृत

  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे सात अर्ब रुपैयाँभन्दा बढीको शेयर सूचीकृत भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हो ।

    onlinepatrika
    Arghakhachi

    सूचीकृत शेयरमध्ये ३ अर्ब ९१ करोड बराबरको हकप्रद रहेको छ । यसका साथै ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको बोनस शेयर रहेको छ भने ४७ लाख बराबरको एफपीओ रहेको छ ।

    AGNI GROUP

    नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको कात्तिक मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । कात्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६४ रहेको थियो ।

    सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.२ प्रतिशत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij