
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत लुम्बिनी लायन्ससँग काठमाडौँ गुर्खाज पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । १०४ रनको लक्ष्य पाएको काठमाडौँ गुर्खाज ८५ रनमै सीमित हुँदा पाँचौँ पराजय व्यहोरेको हो ।
जारी प्रतियोगितामा ६ खेल खेलिसकेको लुम्बिनी लायन्सले एक म्याचमा मात्र जित हासिल गरेको छ ।
लुम्बिनी लायन्सलाई लक्ष्यबाट टाढा राख्न काठमाडौँ गुर्खाजका लागि करण केसीले ४, दिपेश कँडेलले ३, जेहार्ड एरासमसले २ विकेट लिए ।
काठमाडौँ गुर्खाजका लागि भीम सार्कीले ३१, ड्यान डोथवेटले २१, प्रतीक श्रेष्ठले २०, स्टेफन ईस्किनाजीले १३ रन बनाएका थिए । लुम्बिनी लायन्सका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij