Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एनपीएलमा कर्णालीको तेस्रो जित, पोखराको तेस्रो हार

एनपीएलमा कर्णालीको तेस्रो जित, पोखराको तेस्रो हार

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को कर्णाली याक्सले तेस्रो जित निकालेको छ ।

    images
    images
    images

    पोखरा एभेन्जर्सले दिएको १०४ रनको सामान्य लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कर्णालीका गुल्सन झाले सर्वाधिक अविजित ४९ रन जोडे । ३७ बलमा गुल्सनले ३ चौका र ४ छक्का प्रहार गरे ।

    चाडविक वाल्टनले ४२ रन बनाए बलिङमा बिपिन खत्री, सागर ढकाल र कप्तान कुशल भुर्तेलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमा रोकिएको हो ।

    पोखराका दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । आन्द्रेस गौसले २५, रायमोन रेइफरले २० रनको योगदान दिए ।

    बलिङमा कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिए । ४ ओभर बलिङ गरेका विलियमले २८ रन खर्चेर ६ विकेट लिए ।

    ५ खेल खेलेको कर्णाली ३ खेलमा जितसहित ६ अंक जोडेर चौथो स्थानमा छ । ४ खेलमा ३ हार बेहोरेको पोखरा २ अंकसहित छैटौं स्थानमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij