Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु गुणस्तर निगरानी उपकरणको उदघाटन गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमकाबिच उक्त उपकरण उदघाटन गरिएको हो । सोही क्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै जाने बताएकी छन् ।
उनले भनिन्, ‘आज हामीले वायु गुणस्तर मापन गर्ने यन्त्र जडान कार्यक्रमको पहिलो कदम चालेका छौ । काठमाडौं महानगरपालिकाको केन्द्र अफिसबाट जडानको सुरुवात गर्यौं र साथै काठमाडौं महानगरपालिका भित्र नै हामीले १८ वटा विभिन्न स्थानहरुमा वायु गुणस्तर मापन यन्त्र जडान गर्दै छौ ।’ यस्तै, यो यन्त्र जडान गर्नुको उद्देश्य काठमाडौं महानगरपालिका वायु प्रदुषण नियन्त्रण गर्नको लागि प्रतिबद्ध छ भन्ने सन्देश दिनु भएको पनि उनको भनाई छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij