
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ९३ अंकले घटेर २६८९ को विन्दुमा पुगेको छ ।
आइतबार ३२१ कम्पनीका ८१ हजार ४०४ पटकको कारोबारमा १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँ रहेको छ ।
२७ कम्पनीको सेयर मूल्य घट्दा २१४ कम्पनीको बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ । आज १३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij