Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

शेयर बजारमा दोहोरो अंकको वृद्धि

शेयर बजारमा दोहोरो अंकको वृद्धि

  • काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको सुधार भएको छ । आइतबार ९.९९ अंकले घटेर बन्द भएको नेप्से सोमबार भने १९.९७ अंकले बढेको हो ।

    images
    images
    images

    सोमबार कारोबार रकममा समेत सुधार भएको छ । आइतबार ८ अर्ब ८३ करोड २२ लाखको कारोबार भएको नेप्सेमा मंगलबार १० अर्ब ५४ करोड १७ लाखको कारोबार भएको हो ।

    नेप्सेका अनुसार आजको कारोबारमा १२६ कम्पनीको शेयरमूल्य बढ्दा १२२ को घट्यो । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    नेपाल फाइनान्स कम्पनीको शेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ८.७२ प्रतिशतले घटेर प्रतिकित्ता १२४४ रुपैयाँमा झरेको छ । यस कम्पनीको आज सर्वाधिक कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij