Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जाडोमा तातोपानीले नुहाउनु किन हानिकारक ?

जाडोमा तातोपानीले नुहाउनु किन हानिकारक ?

  • काठमाडौँ । जाडोको समयमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तर, विशेषज्ञका अनुसार चिसो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई नोक्सान पुर्याउँछ । तातोपानीमा हुने केराटिनले छालाका कोषहरु मार्ने भएकाले यसले छाला चिलाउने, सुख्खा हुने र छालामा विभिन्न प्रकारका दागहरु पैदा गर्ने गर्छ । तातोपानीले नुहाउँदा मात्र होइन धेरै गर्मी कपडा लगाउँदा पनि नोक्सान पुग्छ । यसले शरीरलाई धेरै तातो बनाउने हुँदा समस्या आउने गर्छ । 

    images
    images
    images

    चिसोले शरीरमा रोग प्रतिरोधात्मक प्रणालीले सेतो रक्त कोशिकाहरु निर्माण गर्ने र यसले शरीरलाई विभिन्न प्रकारका इन्फेक्सनबाट बचाउँछ । तर शरीरमा तापक्रम बढी भयो भने यसले काम गर्न सक्दैन । 

    यसैगरी, जाडोमा धेरै खानेकुरा पनि खानुहुँदैन । गर्मीको मौसममा भन्दा जाडोमा खाना पाचन हुने प्रक्रिया कमजोर हुन्छ । त्यसैले, चिसो मौसममा फाइबर भएको खानेकुरा तथा फलफूल धेरै सेवन गर्नुपर्छ । साथै, थोरै मात्रामा चिया वा कफिको सेवन गर्नुपर्छ । धेरै क्याफिन भएको पेयपदार्थले पनि शरीरलाई नोक्सान पुर्याउँछ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij