
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । रामेछाप सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ ।
काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो सिमखोला भन्ने स्थानमा दुर्घटना हुँदा वडाध्यक्ष बस्नेतसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।
गाडीमा ८ जना सवार रहेकोमा तीन जनालाई उद्धार गरेर अस्पताल लगिएको छ । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij