Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पोखरा एभेन्जर्सका ४ विदेशी खेलाडी नेपाल आइपुगे

पोखरा एभेन्जर्सका ४ विदेशी खेलाडी नेपाल आइपुगे

  • काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको टोली पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी काठमाडौं आइपुगेका छन् ।स्कटल्याण्डका माइकल लिस्क, इंग्ल्याण्डका म्याट क्रिट्लेवेस्ट, वेस्ट इन्डिजका रेमन रेइफर र नेदरल्याण्ड्सका बास डे लिड नेपाल आइपुगेका हुन् ।

    images
    images
    images

    उनीहरूलाई पोखरा एभेन्जर्सका अफिसियल कर्णवीर थापाले स्वागत गरेका हुन् । टी-१० लिग खेलिरहेका पाँचौं विदेशी खेलाडी आन्द्रेस गौस भने केही दिनपछि आउनेछन् ।

    पोखराको मार्की खेलाडीमा राष्ट्रिय टोलीका खेलाडी कुशल भुर्तेल छन् भने मुख्य प्रशिक्षकमा राजिव कुमार छन् । त्यसैगरी मेन्टरमा जोन्टी रोड्स रहेका छन् ।

    पहिलो खेलमा मंसिर १८ गते पाखेराले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij