Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

सेयर बजारमा ३१ अंकको गिरावट

सेयर बजारमा ३१ अंकको गिरावट

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ३१ अंकले घटेर २६८० दशमलव ४४ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३१४ कम्पनीका ८४ हजार ८ सय ५८ पटकको कारोबारमा १ करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

    १३ उपसमूहमध्ये सबै राताम्मे हुँदा सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनी घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij