
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीको चौराहदेखि रंगशालासम्म र्याली निकालेको छ ।
सोमबार आयोजना गरिएको र्यालीमा क्रिकेट प्रेमीहरुको बाक्लो सहभागिता जनाएका थिए । विभिन्न विद्यालयका विद्यार्थीहरुले पनि र्यालीमा सहभागिता जनाएका थिए । सहभागीले ‘सुदूरको शान, मैदानमा तुफान’ जस्तो नारा लगाएका थिए ।
सुदूरपश्चिमका मार्की खेलाडी दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक जगत टमाटालगायत अन्य खेलाडीको सहभागिता थियो ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij