
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आह्वान गरिएको बैठक मंसीर ४ गतेका लागि स्थगित भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समय नमिलेपछि बैठक स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहाल आज पूर्वसभामुख दमननाथ ढुंगानाको श्रद्धाञ्जली लगायतका कार्यक्रममा व्यस्त रहनेलगायतका कार्यक्रम देखाउँदै माओवादी केन्द्रले बैठक स्थगित गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij