Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गरेर भाग्ने झापाबाट पक्राउ, दुईजना अझै फरार

लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण गरेर भाग्ने झापाबाट पक्राउ, दुईजना अझै फरार

  • काठमाडौं । कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा नुवाकोटको ककनी गाउँपालिका–६ का घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा निश्चल सुनार छन् । उनलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

    चार जनाको समूहले आक्रमण गरेको बताइए पनि दुई जना अझै फरार छन् । एकजना ‘मार्शल’ भनिने शैलेन्द्र तामाङलाई प्रहरीले घटना भएकै दिन पक्राउ गरेको थियो ।

    प्रहरीका अनुसार आक्रमणमा चारजना भएपनि योजना बुन्ने अरु पनि थिए । अजय लामा, निश्चल सुनार र दीपक बरामु घटनामै आक्रमणमै संलग्न थिए । अजय र दीपक पक्राउ पर्न बाँकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij