काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलका लागि सुर्य तामाङ लुम्बिनी लायन्समा आबद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स तामाङलाई लुम्बिनीले १५ लाख रुपैयाँमा किनेको हो ।
यसअघि ललित राजवंशी र रिजन ढकाल पनि १५-१५ लाखमा बिकेका थिए । अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् ।