
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो (सोमबार) राती गौरीगंगा नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएको हो ।
चौधरी सवार बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मल्ल सवार से ६ प ६२७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij