Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापारव्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्यसूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र सञ्चालित खुद्रा तथा थोक बिक्रीस्थल (पसल) बाट बिक्री वितरण गरिने वस्तु तथा सेवाहरुका बारेमा मूल्यसूची बनाएर पसलको अग्रभागमा सबैले देख्ने गरी राख्न आग्रह गरेको हो ।
यसैगरी महानगरले महानगरले अंकित अधिकतम मूल्यभन्दा बढी मूल्य नलिन, वस्तुको उपभोग मिति ख्याल गर्न तथा खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम राख्न सचेत गराएको छ ।
अनुगमनका क्रममा सूचना विपरीत कसैले कुनै वस्तु वा सेवा बिक्री वितरण गरेको पाइएमा, उजुरी परेमा वा गुनासो प्राप्त भएमा यस कार्यालयबाट खटिने अनुगमन टोलीका सदस्य वा कार्यालयबाट प्रचलित कानुनबमोजिम कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij