Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सुर्खेतस्थित प्रदेश अस्पतालमा तनाव !

सुर्खेतस्थित प्रदेश अस्पतालमा तनाव !

  • काठमाडौं । सुर्खेतस्थित प्रदेश अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आईसीयूमा वीरेन्द्रनगरकी १९ वर्षीय शर्मिला कुमालको गएराति मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

    images
    images
    images

    आइतबार सुत्केरी व्यथा लागेपछि सामान्य अवस्थामै अस्पतालमा भर्ना गरिएको आफन्तको भनाइ छ । चिकित्सकको लापरबाहीले शर्मिलाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

    सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राब भएको र आईसीयूमा राखेर उपचार गर्दागर्दै गएराति मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ ।

    आफन्तहरूले अस्पताल परिसरमा दोषी चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij