Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको १० लाख डोज कोभिड भ्याक्सिन बिहीबार काठमाडौँ आइपुग्ने भएको छ। स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नेपाललाई खोप उपलब्ध गराएकामा भारतलाई धन्यवाद दिएका छन्। भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको हो।
उनले भने, ‘म नेपाली जनताका तर्फबाट भारत सरकालाई यो अमूल्य उपहारका लागि धन्यवाद दिन चाहन्छु। ’‘भ्याक्सिन प्रभावकारी ढंगले लगाउन कानुनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भइसकेको छ,’ उनले भने।पहिलो चरणमा ३ प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भ्याक्सिन दिइने जानकारी मन्त्री त्रिपाठीले दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij