Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र क्यानाडाली विदेशमन्त्री जोलीबीच भेटवार्ता

  • काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको छ ।

    images
    images
    images

    क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुगेकी हुन् । 

    भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री डा.राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह गरेकी थिइन् । उनले अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै क्यानाडाले नेपालमा दूताबास स्थापना गर्न अनुरोध गरेकी थिइन् ।

    क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताउदै नेपालमा दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएकी थिइन् ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij