Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

तथ्यहीन समाचार प्रसारण गरेको भन्दै तीन निकायमा सीकेद्धारा उजुरी

तथ्यहीन समाचार प्रसारण गरेको भन्दै तीन निकायमा सीकेद्धारा उजुरी

  • काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफूविरुद्ध तथ्यहीन समाचार प्रसारण गरेको भन्दै तीन निकायमा उजुरी दिएका छन् ।

    images
    images
    images

    ‘परस्त्रीसँग रंगेहात फेला परेको’ भन्ने भ्रामक समाचार आएको भन्दै उनले जिल्ला अदालत काठमाडौं, साइबर व्यूरो र प्रेस काउन्सिलमा उजुरी गरेका छन् ।

    आफू र पत्नीको पारिवारिक विषयमा भ्रामक समाचार प्रकाशित गरेको उनको गुनासो छ ।

    शीर्ष खबर प्रालि, उक्त अनलाइनको अध्यक्ष तथा सम्पादक कल्पना दाहाल, सप्तरी फत्तेपुरका दिनेश शर्मा र श्यामकुुमार यादव र पत्रकार बैद्यनाथ यादवलाई विपक्षी बनाई फिराद पत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको छ ।

    राउतको परिवारको निजी मामिलामा तथ्यहीन र भ्रामक समाचार प्रकाशित भएकाले अध्यक्षले उजुरी दर्ता गरेको जनमत पार्टीका प्रवक्ता शरद सिंहले जानकारी गराए ।

    विपक्षले प्रकाशित गरेको विषय अदालतमा दर्ता गरेको आफ्नो व्यक्तिगत विषय भएको राउतले फिराद पत्रमा लेखेका छन् । परस्त्रीसँग सम्बन्ध राखेको, पटक पटक रंगेहात फेला परेको भनी आएका समाचार झुठ, बनावटी र आफ्नो मान प्रतिष्ठामा खलल पुर्‍याएको उनले फिराद पत्रमा लेखेका छन् ।

    राउतले पत्नीको मानसिक अवस्था ठिक नरहेको फिराद पत्रमा लेखेका छन् । सम्बन्ध विच्छेदको माग गर्दै आएकी उनले हाल भने नमानेको बताएका छन् ।

    पत्नीले सम्बन्ध विच्छेद माग गरेको अवस्थामा छुट्टै हुने गरी जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको राउतले उजुरीमा लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij