
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या आएपछि यात्रुहरुलाई ओरालीएको छ ।
बुद्ध एयरको नाइन एन–एआईटी जहाज आज बिहान भरतपुर उड्ने तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि जहाज रोकेर यात्रु ओराल्नु परेको विमानस्थल बताएको छ । जसले गर्दा अन्य जहाजलाई असुविधा भएको छ ।
यो जहालले गर्दा अन्य जहाजलाई उडानमा समस्या देखिएको छ । अवतरणमा समस्या नभए पनि आन्तरिक उडानका जहाजहरु उड्न ढिला भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij