Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • काठमाडौं । सामान्य विवादमा धनकुटामा एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । स्थानीय २९ वर्षीया विजय दर्जीले २५ वर्षीया श्रीमती सरिता दर्जीको गएराति करिब ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    श्रीमान्‌ले खुकुरी प्रहार गरेर घाइते भएकी श्रीमती सरिताको आइतबार बिहान करिब ४ बजे जिल्ला अस्पताल धनकुटामा उपचारका क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

    प्रारम्भिक जानकारीअनुसार सामान्य घरझगडा भएको कारण खुकुरी प्रहार भएको उनले बताए ।

    विजयले श्रीमतीलाई आक्रमण गरेपछि आफैँलाई पनि खुकुरीले हानेका थिए । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij