Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

वीर अस्पतालमा आठ वर्षपछि पुनः जलनको उपचार सुरु

वीर अस्पतालमा आठ वर्षपछि पुनः जलनको उपचार सुरु

  • काठमाडौं । काठमाडौंको वीर अस्पतालमा जलनका बिरामीको उपचार सेवा पुन:सुरु गरिएको छ । शुक्रबार वीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘डा.केडी जोशी जलन उपचार केन्द्र’को शुभारम्भ गरेका हुन् ।

    images
    images
    images

    जलनका बिरामीका लागि अस्पतालमा १० वटा जनरल बेड, पाँचवटा आईसीयू बेड र तीनवटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ । वीरले आठ वर्षपछि जलनको पुन: उपचार थालेको हो ।

    २०७२ को विनाशकारी गोरखा भूकम्पले बर्न वार्ड रहेको भवन भत्किएपछि जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij