Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

बुढानीलकण्ठमा बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

बुढानीलकण्ठमा बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

  • काठमाडौं । बुढानीलकण्ठमा युवा–युवतीलाई बन्धक बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका ३३ वर्षीय आशिष देउला, टोखा घर भएका २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ छन् ।

    images
    images
    images

    ठमेलको डान्सबार र क्लबमा भेटिएका युवा–युवतीहरूलाई उनीहरुले बुढानीलकण्ठ स्थित देउलाको घरमा लगेर बन्धक बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरीले जनाएको छ ।

    ‘हाउस पार्टी’ गर्ने भनेर घरमा लगेपछि आफूले भने अनुसार नमानेमा उनीहरुले रड तताएर शरीर डामेर यातना दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij