Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

घुम्न आएकी युवती धरानमा बलात्कृत

घुम्न आएकी युवती धरानमा बलात्कृत

  • काठमाडौं । धरान घुम्न आएकी एक युवती बलात्कारको सिकार बनेकी छिन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीय युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ ।

    images
    images
    images

    रोजगारीको सिलसिलामा शुक्रबार धरान झरेकी युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर अभियुक्तले जबरजस्ती करणी गरेको युवतीले बताकी छिन् । युवती बलात्कार गरेको अभियोगमा धरानका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए ।

    युवतीले आफूलाई रोजगारी मिलाइदिने भन्दै अभियुक्तले होटलमा भेट गरौं भनी जबरजस्ती गरेको बताएकी छिन् । अभियुक्त राईले आफूलाई बलत्कार गरी कुटपिट गरेर होटलमा बन्धक बनाएर राखेको पनि बताएकी छिन् ।

    अर्को मान्छेले होटलको कोठाको ढोका खोलिदिएपछि युवती बाहिर निस्किएर प्रहरीकोमा पुगेकी थिइन् । पीडित युवतीको धरानमा आफन्त कोही नभएकोले उनलाई प्रहरीले संरक्षण गरेर राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij