
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक ६.०१ अंकले वृद्धि भएको छ । १९ अर्ब १६ करोड ६ लाख ५२ हजार ८५ रुपैयाँको शेयर कारोबार भएको छ । हिजो १८ अर्ब ९० करोडको शेयर कारोबार भएको थियो । नेप्से परिसूचक २९७४.४६ अंक पुगेको छ ।
७ वटा कम्पनीको शेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । जसमा तारागाउ रिजेन्सी, नारायणी विकास बैंक, ज्योति विकास, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास, सप्तकोशी विकास र थ्रीस्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij