
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । डोटीमा बस दुर्घटना भएको छ ।
कैलालीको धनगढीबाट डोटीको दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे थप बिवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij