Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

स्थायी समितिमा उठेका प्रश्नको जवाफ प्रचण्डले आज दिने

स्थायी समितिमा उठेका प्रश्नको जवाफ प्रचण्डले आज दिने

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सम्पन्न हुने भएको छ। एक सातादेखि जारी बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे उठेका प्रश्नको जवाफ दिएर आज बैठक सम्पन्न गर्न लागिएको हो ।

    images
    images
    images

    नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर आज बैठक सम्पन्न गर्न लागिएको हो। 

    स्थायी कमिटी सदस्यहरूले राखेका धारणा र चासोका आधारमा आज प्रचण्डले जवाफ दिएर बैठक सम्पन्न गर्ने तयारी रहेको कोषाध्यक्ष एवं पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु हुनेछ। 

    गत शुक्रबार शुरु भएको बैठकमा पार्टीको सांगठनिक अवस्था, देशको अवस्था तथा अन्तर्राष्ट्रिय राजनीति बारेसमेत छलफल भएको थियो । बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारेका थिए। उनले अध्यक्षसहित सबै पदाधिकारीले नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij