
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग–२ सिरिजको तयारीको नेपाली राष्ट्रिय टोली भारत भ्रमणमा गएको छ ।
राष्ट्रिय टोलीले बैंगलोर स्थितप्रतिष्ठित नेशनल क्रिकेट एकेडेमी एनसीएमा दुई हप्ता प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको हो । यस प्रशिक्षणले खेलाडीहरुको प्राविधिक पक्षहरुमा योजना बनाउन सहयोग पुर्याउने क्यानले विश्वास लिएको छ ।
सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ । लिग–२ यो दोस्रो चरण हो ।
यसअघि, एसिसी मेन्स प्रिमियर कपको तयारी भने नेपाली टोलीले गुजरातको वापीमा गरेको थियो । सो प्रशिक्षणमा नेपालले गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसिएसनसँग एसएमएस फ्रेन्डसिप कप टी–२० प्रतियोगिता पनि खेलेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij