Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुत्केरीको पाठेघर फुटेपछि हेलिकप्टरबाट उद्धार

सुत्केरीको पाठेघर फुटेपछि हेलिकप्टरबाट उद्धार

  • काठमाडौं । जिल्ला अस्पताल सङ्खुवासभाबाट एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनको पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। 

    AGNI GROUP

    आइतबार बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो। पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको जिल्ला अस्पताल सङ्खुवासभाका डा. प्रदीप श्रीवालले जानकारी दिए ।

    जिल्ला अस्पतालमामा उपचार सम्भव नभएपछि उनलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताए। 

    मगरलाई थप उपचारका लागि परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल काठमाडौं पठाइएको जानकारी उनले दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट